आलिताल मा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८ दिने तालिम सुरु

४ माघ,
“आर्थिक सम्बृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार” भन्ने मुल नाराका साथ डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिको गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८ दिने “व्यवसाय सचेतना, व्यवसाय सुरु, लैङ्गिक समानना तथा सामाजिक समावेशीकरण” विषयक तालिम कार्यक्रमको आज आलिताल गाँउपालिका वडा नं.१को दिपलमारे मा उद्घाटन भयो ।
जम्मा १९ जना सहभागी रहने उक्त कार्यक्रमको उद्घाटन कार्यक्रम आलिताल गाँउपालिकाका कार्यपालिका सदश्य भिमा ओली ज्यूको अध्यक्षता सम्पन्न भएको थियो भने उक्त उद्घाटन कार्यक्रमको संञ्चालन आलिताल गाँउपालिकाका उद्यम विकास सहजकर्ता चन्द्रा वली ले गर्नुभएको थियो यसै गरि कार्यक्रमको उदेश्य माथी लघु उद्यम विकास सहजकर्ता हरिकला गुरुंगले प्रकाश पार्नुभएको थियो ।
स्थानिय स्तरमा खेर गईरहेको कच्चापदार्थ हरुको सहि सदुपयोग गरि स्थानिय स्तरमा नै रोजगारीको श्रृजना गर्ने उद्देश्यले नेपाल सरकार , उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको सशर्त अनुदान एबं आलिताल गाँउपालिकाको आयोजनामा संञ्चालन भएको गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम आर्थिक वर्ष ०७७÷०७८ देखी देशको ७५३ वटै स्थानिय तहमा संञ्चालनमा रहेको छ ।

You might also like