३ माघ
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा द्धारा युरोपेली आयोग मानविय सहायता विभागको आर्थिक तथा युएनडिपी नेपालको प्राविधिक सहयोगमा अमरगढी नगरपालिकामा संञ्चालन भईरहेको शहरि विपद तथा भुकम्प पूर्व तयारी (सुपर परियोजना) अन्तर्गत अमरगढी नगरपालिका वडा नं. ७ मा भवन प्रवलिकरण कार्यको पहिलो चरण अन्तर्गत १६ दिने प्राविधिक तालिम कार्यक्रम सम्पन्न भएको छ ।
भुकम्पिय जोखिममा रहेको घरहरु लाई भवन प्रवलिकरण मार्फत भुकम्पीय प्रतिरोधात्मक बनाउनको लागी आवश्यक पर्ने भवन प्रवलीकरण प्रविधि लाई कार्यक्रम मार्फत सुदुरपश्चिमको पहाडि जिल्लामा पहिलो पटक डडेल्धुरामा प्रयोगमा ल्याईएको हो ।
सुदुरपश्चिमको डडेल्धुरा जिल्ला भुकम्पिय जोखिमको दृष्टिकोण ले उच्च जोखिममा रहेको जिल्लाको रुपमा मानिन्छ । परियोजना अन्तर्गत सम्भावित भुकम्पिय जोखिम बाट बच्नको लागी भवन प्रवलिकरण प्रविधि तालिममा स्थानिय १० जना लाई सहभागी गराईएको थियो ।
उक्त तालिम कार्यक्रममा नेपाल सरकारको भवन प्रवलिकरण मापदण्ड अनुसार भवन प्रवलिकरण गर्ने शिप प्रदान गरिएको थियो । उक्त तालिम कार्यक्रम लाई गोर्खा बाट आएका प्राविधिकले सहजिकरण गरेका थिए ।
यो तालिममा सहभागी भए पश्चात आगामी दिनमा भवन प्रवलीकरण को शिप सिकिएकोले आगामी दिनमा भुकम्प प्रतिरोधात्मक घर निर्माण का लागी दक्ष जनशक्तिको रुपमा तयार हुन पाउदा आफु खुसी भएको बताउदै आफुहरु स्थानिय स्तरमा भुकम्प प्रतिरोधात्मक घर निर्माण मा लाग्ने तालिमका सहभागी शिब राज भट्टराईले बताए ।
डडेल्धुरा जिल्ला भुकम्पिय दृष्टिकोणले जोखिममा रहेको हुदा भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको साथै उक्त कार्यको लागी आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्नको लागी तथा स्थानिय स्तरमा रोजगार श्रृजना गर्नको लागी यो तालिम कार्यक्रम आयोजना गरिएको र यसै क्रममा ४ वटा घर लाई प्रवलिकरण गरि ४० जना लाई तालिम दिईने आयोजक संस्था रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साँउद ले बताउनु भयो ।
You might also like