अवैध लागूऔषध सहित पक्राउ

३ माघ
कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि बस्ने २३ वर्षीय आयुस
ढकाल र गौरीगंगा नगरपालिका-४ घर भई धनगढी उपमहानगरपालिका-४ डेरा गरी बस्ने
२५ वर्षीय बिजय नेपालीलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्राम सहित
सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई
अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित
फेला पारी पक्राउ गरेको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.