३ माघ
डडेल्धुराका हरिकला गुरुंगले आफ्नो जन्मदिनको अवसर पारि एक कार्यक्रमका विच विद्यालयका विद्यार्थिहरु लाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
अमरगढी नगरपालिका वडा नं.५ स्थायि ठेगाना भई हाल आलिताल गाँउपालिका डडेल्धुरामा उद्यम विकास सहजकर्ताको रुपमा कार्यरत गुरुंगले श्री महाभारत प्राथमिक विद्यालय आलिताल २ कनेडिका १९ जना विद्यार्थिहरु लाई शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो, वहाँले प्रत्येक विद्यार्थि लाई झोला, कापी र पेन्सिलहरु हस्तान्तरण गर्नुभएको थियो । आलिताल २ गुरुंगको हालको कार्यक्षेत्र एबं माईति गाँउ पनि हो ।
छोरी हरु लाई पढाउनु हुदैन भन्ने समयमा अनि छोरी हरु लाई पढाएर के हुन्छ ? भन्ने समाजमा आफ्नो आमाले दुखः गरेर पढाएको सम्झदै छोरा र छोरी लाई भेदभाव नगरि समान शिक्षाको अवसर दिनुपर्ने बताउनु भयो ।
पछिल्लो समयमा जन्मदिन लगायतका विभिन्न अवसरहरु लाई देखासिखिको रुपमा मनाउने चलन बढेकोले यस्ता अवसरमा सामाजिक सेवाको भाव लिई सक्दो सहयोग गर्दा सामाजिक सद्भाव बढ्ने र आत्म सन्तुष्टि बढ्ने भएको हुदा आफ्नो जन्मदिनमा फजुल खर्च नगरि विद्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण गरेको बताउदै गुरुंगले समाजका सचेत व्यक्तिहरु कुनै न कुनै रुपमा सामाजिक सेवामा जुट्न आग्रह समेत गर्नुभयो ।
You might also like