२ माघ
नेपाली कांग्रेस विपि का केन्द्रीय बरिष्ठ उपसभापति एबं सुदरपश्चिम प्रदेशसभाका पुर्व सदश्य कर्ण बहादुर मल्लले डडेल्धुरा जिल्ला परशुराम नगरपालिकाको वडा नं.७ मा पर्ने विकट बस्तिहरुमा पुगि न्यानो कम्वल सहयोग गर्नु भएको छ ।
डडेल्धुरा जिल्लाको दक्षिण क्षेत्रमा पर्ने परशुराम नगरपालिका वडा नं.७ को चुरे क्षेत्रमा पर्ने मलास र कसान क्षेत्रहरुमा रहेका गरिव तथा विपन्न घरधुरीहरु लाई कम्वल प्रदान गर्नु भएको हो ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदश्यको निर्वाचनमा नेपाली कांग्रेस विपिको तर्फ बाट प्रतिनिधि सभा सदश्य पदका लागी उम्मेदवार रहेका मल्ल चुनावि प्रचार प्रसारको क्रममा परशुराम नगरपालिकाको मलास क्षेत्रमा पर्ने कसान, खोरिया लगायतका गाँउहरु पुग्नु भएको थियो ।
प्रतिनिधिसभा सदश्यको उम्मेदवारको रुपमा आफु पहिलो पटक उक्त गाँउहरुमा पुगेको र आफ्नो ३२ बर्षको राजनितिक यात्रामा कहिले पनि उक्त गाँउहरु घुम्न नपाएकोेले आफु लाई आत्मग्लानी भएको सुदुरपश्चिम प्रदेशका पुर्व प्रदेश सभासद मल्ल ले बताउनु भयो ।
निर्वाचनको क्रममा आफुले निर्वाचन जिते पनि हारे पनि यो क्षेत्रमा आईरहने भनेर गरेको प्रतिवद्धता पुरा गर्ने क्रममा उक्त क्षेत्रमा पुगेका मल्लले मलास क्षेत्रको कसान, पिपलकोट, बड्डि मलास क्षेत्रमा अति विपिन्न, बृद्ध, एकल महिलाहरु लाई १०० थान न्यानो कम्वल बितरण गर्नु भएको हो ।
कम्बल वितरण कार्यक्रममा यस क्षेत्रमा विजुली , खानेपानी, सिँचाई र स्वास्थ्य शिविरको लागी आफ्नो तर्फ बाट पहल हुने बताउदै हरेक बर्ष यो क्षेत्रमा पुग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
You might also like