२ माघ
डडेल्धुरा धनगढी भिमदत्त राजमार्गको करिव मध्यविन्दुमा पर्ने डोटीको बुडर बजार नजिकै बनिरहेको वोल्न्या थली चेली स्वप्न बाटिकाको पहिलो चरणको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
बलात्कार पश्चात हत्या भएका थुप्रै चेलिहरुको सम्झनामा निर्माण थालिएको चेली स्वप्न बाटिका मा पहिलो चरणमा भ्यू टावर र कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको हो ।
स्थानिय सामुदायिक बनको स्वामित्वमा रहने गरि बोल्न्या थली ले निर्माण गर्न थालिएको उक्त बाटिकामा आगामी दिनमा उद्यान, परामर्श केन्द्र, उद्यमशिलता सम्बन्धि तालिम दिने कक्ष हरु निर्माण गरिनुका साथै अहिले निर्माण सम्पन्न भएको भवन बाट पैरविको काम सुरु गरिने बोल्न्याथली संयोजक यादव जोशी ले बताए ।
हिंसामा परेका चेलीवेटीहरुको सम्झनामा निर्माण गरिन लागेको उक्त चेली स्वप्न बाटिका नेपाल मै पहिलो अवधारण भएको र आगामी दिनमा चेली स्वप्न बाटिका बाट नै हिंसा बाट पिडितहरुको लागी कानुनी सेवा प्रदान गर्ने, विभिन्न शिपमुलक तालिमहरु दिई हिंसा पिडितहरुलाई स्वरोजगार बनाउने र समाजमा पुर्नस्थापना गर्ने लक्ष रहेको संयोजक जोशिले बताए ।
वोल्न्याथली चेली स्वप्नबाटिका परिसरमा निर्माण गरिएको सुन्दर भ्यू टावरमा निर्माण कै क्रममा पनि भ्रमण गर्ने आन्तरिक पर्यटकहरु आई रहेकोले निर्माण कार्य सम्पन्न भए पश्चात उक्त भ्यू टावरले यस क्षेत्रको पर्यटनमा समेत टेवा पुगाउने विश्वास गर्न सकिन्छ ।
चेली स्वप्न बाटिका निर्माणका लागी विभिन्न निकाय बाट सहयोगको आश्वासन आए पनि हाल सम्म कसैको आर्थिक सहयोग प्राप्त नभएको बोल्न्याथली संयोजक यादव जोशीले बताए ।