कैलालीमा पेस्तोल सहित युवा पक्राउ

२८ पुस
कैलालीको गौरीगंगा नगरपालिका.४ राजीपुर बस्ने ३५ वर्षीय नरेन्द्र खडायत र ३६ वर्षीय महेन्द्र देउवालाई मेड ईन युएसए लेखेको खाली म्याग्जिन सहितको पेस्तोल १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले महेन्द्र देउवाको घरबाट उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like