डडेल्धुरामा ३०१ औँ पृथ्वि जयन्ति एबं राष्ट्रिय एकता दिवस मनाईयो

डडेल्धुरा ३०१ औँ पृथ्वि जयन्ती एबं राष्ट्रिय एकता दिवस आज डडेल्धुरामा विविध कार्यक्रमका साथ मनाईयो । डडेल्धुरा जिल्ला सदरमुकाम स्थित अमरगढी किल्ला परिसरमा विहान पृथ्वि नारायण शाहको तस्विरमा माल्यार्पण गरि सुरु भएको थियो । नेपाली सेनाका वाहिनिपती विजय थापा लगायत रणबम गणका गणपती वालमुकुन्द थापा, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी लगायतका अतिथिहरुले पृथ्वि नारायण शाहको तस्विरमा माल्यार्पण गर्नुभएको थियो । आज उक्त अवसरमा अमरगढी नगरपालिका, शिक्षा विकास तथा समुन्वय ईकाई, अमरगढी किल्ला संरक्षण समिति संगको सहकार्यमा रण बम गण डडेल्धुराले हाजिरि जवाफ प्रतियोगिता र विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । अमरगढी नगरपालिका भित्रका जम्मा ७ विद्यालयले भाग लिएको उक्त हाजिरिजवाफ प्रतियोगितामा माउन्टेन ईङ्गिलीस बोर्डिंग स्कुल प्रथम, ज्ञानोदय विद्या निकेतन दोश्रो र महेन्द्र मा.बी. तेश्रो भएका थिए । उक्त अवसरमा नेपाली सेना एबं अमरगढी नगरपालिका डडेल्धुराका विभिन्न विद्यालयहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने सर्वसाधारणहरुले पनि पृथ्वि नारायण शाहको तस्विरमा माल्यार्पण गरेका थिए । प्रायः हरेक बर्ष जसो नेपाली सेना र स्थानियबासी मिलेर पृथ्वि जयन्ती मनाउने गरेको स्थायिन राजेन्द्र नगरकोटीले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.