डडेल्धुराको नवदुर्गा गाँउपालिकामा महिलाहरुको मुद्दाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२६ पुष
डडेल्धुरा जिल्लाको नवदुर्गा गाँउपालिकामा गाँउपालिका स्तरिय महिलाहरुको मुद्दाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।
सुदुरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकको संयुक्त आयोजनामा संञ्चालित महिला शसक्तिकरण र सामाजिक सचेतनामुलक परियोजना अन्तर्गत सम्पन्न भएको उक्त कार्यक्रम लाई अधिवक्ता ग्रामिण महिला विकास तथा एकता केन्द्र तथा नवदुर्गा गाँउपालिकाको तर्फ बाट सहजिकरण गरिएको थियोे ।
पछिल्लो समय डडेल्धुरा जिल्लामा बहुविवाह तथा महिला हिँसाको घटनाहरु बढिरहेको विभिन्न तथ्यांकहरुले देखाएको सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साँउदले बताउनु भयो ।
नवदुर्गा गाँउपालिका उपाध्यक्ष एबं न्याकि समिति संयोजक निर्मला बिष्ट बोगटीको अध्यक्षता एबं गाँउपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थिको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा नवदुर्गा गाँउपालिकाका ५ वटै वडा का महिला जनप्रतिनिधि तथा वडा अध्यक्षहरुका साथै प्रमुख प्रसासकिय लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा कानुनी व्यवस्था, महिला शसक्तिकरण एबं समुदायमा व्याप्त महिला हिंसाका सवालहरु जस्तै सम्बन्ध विच्छेद, अंसवण्डा जस्ता मुख्य सवालहरुमा छलफल गरिएको थियो । कार्यक्रममा नवदुर्गा गाँउपालिकाले आगामी दिनमा यस्ता प्रकृतिका कार्यक्रमहरु आफैले पनि सञ्चालन गर्ने तथा त्यसका लागी सबै पक्ष संग समन्वय गर्ने नवदुर्गा गाँउपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थि उपाध्यक्ष एबं न्यायिक समिति संयोजक निर्मला विष्ट बोगटीले बताउनु प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महिला शसक्तिकरण र सामाजिक सचेतनामुलक परियोजना डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा गाँउपालिका, अजयमेरु गाँउपलिका तथा नवदुर्गा गाँउपालिकामा संञ्चालन भईरहेकोछ ।

You might also like
Leave A Reply

Your email address will not be published.