रुडुक डडेल्धुरा र संचारकर्मी विच अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

डडेल्धुरा सदरमुकाममा वडा स्तरिय महिलाहरुको मुद्दाको बारेमा संचारकर्मीहरुसंग
अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।

सुदुरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा ग्रामिण महिला विकास
तथा एकता केन्द्र रुडुकको संयुक्त आयोजनामा संञ्चालित “महिला शसक्तिकरण र
सामाजिक सचेतनामुलक परियोजना” अन्तर्गत सम्पन्न भएको उक्त कार्यक्रम लाई
अधिवक्ता युवराज जोशी ले सहजिकरण गर्नुभएको थियो ।

पछिल्लो समय डडेल्धुरा जिल्लामा बहुविवाह तथा महिला हिँसाको घटनाहरु बढिरहेको
विभिन्न तथ्यांकहरुले देखाएको सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको ग्रामिण महिला
विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साँउदले
बताउनु भयो ।

महिलाका मुद्दा तथा हिँसाका घटना न्यूनिकरणमा योगदानका सम्वन्धमा
संचारकर्मीहरुको भुमीका एवं परस्पर सहयोगी भुमीकको वारेमा उक्त कार्यशालामा
छलफल गरीयो ।

उक्त कार्यक्रममा कानुनी व्यवस्था, महिला शसक्तिकरण एबं समुदायमा व्याप्त महिला
हिंसाका सवालहरु जस्तै सम्बन्ध विच्छेद, अंसवण्डा जस्ता मुख्य सवालहरुमा छलफल
गरिएको थियो ।
सम्बन्ध विच्छेदका विभिन्न कारणहरु भए पनि वालविवाह लाई न्युनिकरण गर्न सक्यो
भने सम्बन्ध विच्छेदका घटनाहरु लाई धेरै हद सम्म कम गर्न सकिने अधिक्ता युवराज
जोशीले बताउनु भयो ।

यसका साथै रुडुक डडेल्धुराले यस आर्थिक बर्षमा डडेल्धुरा जिल्लामा सम्पादन गरेका
सम्पूर्ण कार्यक्रमहरुको प्रस्तुती पनि उक्त कार्यक्रममा प्रस्तुत गरेका थिए । जिल्लाका
संकटासन्न पालीकाहरुमा विपद् जोखिम व्यवस्थापनका कार्यक्रमहरु, शहरी विपद् तथा
पूर्वतयारीका कार्यक्रमहरु, नेपालको राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागीता एवं
उत्थानशिलता फलोअप र जिविकोपार्जन सहयोगका कार्यक्रमहरुवारे सांरकर्मीलाई रुडुक
डडेल्धुरा प्रस्तुती मार्फत जानकारी गराउनुभएको थियो ।
आगामी दिनमा समुदायमा संचालीत कार्यक्रमहरुमा संचारकर्मीहरुसंग समन्वय एवं
सहकार्य गरी समुदायका सुझाव अनुसार कार्यक्रमहरु संचालन गर्ने रुडुक डडेल्धुराले
जनाएको छ ।

You might also like