माघे संक्रान्ति मेला भर्न परशुराम नगरपालिकाले दियो निम्तो

२५ पुष
डडेल्धुराको परशुराम नगरपालिका स्थित परशुराधाममा आयोजना हुने माघे संक्रान्ति पर्वमा सहभागी हुन देशभरका स्थानीय तहका प्रमुखलाई परशुराम नगरपालिकाको तर्फ बाटनिम्तो दिइएको छ।
परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि नगर प्रमुख र गाउँपालिका अध्यक्षलाई निमन्त्रणा गरेका हुन्।

मकर संक्रान्ति पर्व परशुराम नगरपालिका–५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजन कीर्तन लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ।

नगरप्रमुख जोशीले सबै स्थानीय तहका प्रमुखलाई निमन्त्रणा पठाउँदै पर्वमा सहभागिताका लागि आग्रह गरेका हुन्।

‘यस पर्व मनाउन सहभागी भइदिनहुनुका साथै यहाँको धार्मिक, सांस्कृतिक पक्षको प्रचारप्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनहुन परशुराम नगरपालिकाकातर्फबाट हार्दिक निमन्त्रणा गर्दछु,’ पत्रमा लेखिएको छ।

You might also like