नदीले बगाएर एक जनाको मृत्यु

२४ पुस
दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला गाउँ बस्ने ३३ वर्षीय तेज बिकको सोही
ठाउँस्थित सेती नदीको पक्की पुल नजिक नुहाउने क्रममा नदीले बगाएर शनिबार दिउँसो मृत्यु
भएको छ ।
नुहाउने क्रममा नदीले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय
दिपायलबाट खटिएको प्रहरीले घटनास्थलबाट करिब २ सय मिटर टाढा बेहोस अवस्थामा उद्धार
गरी उपचारको लागि शैलेश्वरी अस्पताल पिपल्लामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.