डडेल्धुरा भित्रिमधेशका पुराना शिक्षक नर बहादुर साउदको अनिवार्य अवकास पश्चात भव्य विदाई

२२ पुस
डडेल्धुराको भित्रिमधेश क्षेत्रको अग्रणी शैक्षिक संस्था शिद्धनाथ माध्यमिक विद्यालयमा लामो समय शिक्षण पेशामा आवद्ध भित्रिमधेश क्षेत्रकै पुराना शिक्षकको अनिवार्य अवकास पश्चात आज भव्य कार्यक्रम सहित विदाई गरिएको छ ।
जन्मघर हालको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं. ९ साउनगाँउ र हाल बसाई परशुराम नगरपालिका वडा नं.१२ मोटाहल्दु भएका शिक्षक नर वहादुर साउद २०३८ सालमा तत्काल म्याट्रिक पास गरी सिद्धनाथ माध्यमिक विद्यालयको शिक्षक पदमा बहाल भई शिक्षण सेवामा प्रवेस गरेका थिए ।
तत्कालीन समयमा विद्यालयको भौतिक संरचनाहरुको अभाव भएको अवस्थामा विद्यालय सेवामा प्रवेश गरेका शिक्षक नर बहादुर साँउदले विद्यालयको संरचना निर्माणका लागी तत्कालीन जोगवुडा गा.वि.स.का ९ वटा वडाले विद्यालय कक्षा कोठा निर्माण गर्ने प्रतिवद्धता र सोही प्रतिवद्धता अनुसार विद्यालयमा कक्षा कोठा निर्माण गरि विद्यालय संञ्चालन गरेको अनुभव मिठो रहेको बताए ।
आफुले अध्यापन गरेको विद्यार्थिहरु विभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिका का साथै देशकै उपल्लो तहमा पुगेकोमा आफुलाई आफनो जिवनको मुख्य उपलब्धि रहेको बताउदै शिक्षक साँउद शिक्षक पेशामा आफु लाई समर्पित गरेकोमा आफु लाई जिवन भर सन्तोष रहने बताउनु भयो ।
शिक्षण पेशाका साथै देशका लागी विभिन्न कालखण्डमा भएका जनगणना , सामाजिक सचेतनाको अभियानहरु, निर्वाचन जस्ता राष्ट्रिय अभियानहरुमा समेत खटिएका साउद देशका लागी कुनै न कुनै तरिकाले आफुलाई समर्पित गर्न पाएकोमा आफु खुसी रहेको बताउछन ।
तत्कालीन समयमा जिल्ला सदरमुकाम र गा.बि.स.हरु सडक संञ्जालमा नजोडिएको सन्दर्भमा एतिहासिक तेलेको लेकको बाटो पैदल हिडेर शिक्षक कर्मचारीहरुको तलव बुझ्न, परिक्षाको पेपर बुझ्न तथा पशिक्षाको कामी बुझाउन जिल्ला सदरमुकाम हिडेको अनुभव सुनाउदै समग्रमा आफ्नो शिक्षण यात्रा अवस्मरणिय रहेको बताउनु भयो ।
शिक्षण पेशामा रहदा आफुले पढाएको कैयन विद्यार्थिहरु समाजको उत्कृष्ठ पेसामा रहेको देख्दा आफु लाई खुसी लाग्ने बताउै सेवा निवृत शिक्षक साउद सामाज ले पत्याए आफ्नो सेवानिवृत जिवन समाजको लागी विताउने बताउछन ।
आज एक विशेष कार्यक्रमका साथ शिक्षक साउद लाई विद्यालय व्यवस्थापन समिति पदाधिकारी ,शिक्षक, विद्यार्थि, सामाजिक अगुवाहरुले स सम्मान विद्यालय बाट शिक्षक साउदको घर सम्म रयाली सहित पुगाई विद्यालयको तर्फ बाट विदाई गरेको थियो ।

You might also like