डडेल्धुराको अजयमेरु र नवदुर्गामा निःशुल्क स्वास्थ्य शिविर हुदै

१८ पुष

डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका र नवदुर्गा गाँउपालिकाको दुई वडामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीको सचिवालय, कैलाली अस्पताल र माया मेट्रो अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुन लागेको हो ।
अजयमेरु गाउँपालिका वडा नम्बर २ को सहकार्यमा कैलाली अस्पताल र डा.तारा जोशीको सचिवालयले पुस २३ गते अजयमेरु गाउँपालिका २ चमडामा र सोही दिन नवदुर्गा गाउँपालिका वडा नम्बर ४ को सहकार्यमा माया मेट्रो अस्पताल र डा.तारा जोशीको सचिवालयले वेलापुर स्वास्थ्य चौकी नवदुर्गामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुन लागेको डा.तारा जोशीको सचिवालयले जानकारी दिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.