
१३ पुस
कैलाली, गोदावरी नगरपालिका- २ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध चरेश
जस्तो देखिने बस्तु ९ केजी ३ सय ४० ग्राम सहित बझाङ् दुर्गाथली गाउँपालिका-७ काँडा
बस्ने ३६ वर्षीय यम राज दौल्याललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष
सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय
कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले
होटल तलासी गर्दा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो
।