जेष्ठ नागरिक लाई आलिताल गाँउपालिकाको न्यानो कम्वल उपहार

१३ पुष
डडेल्धुराको आलिताल गाउँपालिकाले पालिका भित्र रहेका जेष्ठ नागरिकहरु लाई न्यानो कम्वल वितरण गरेको छ । हिजो मंगलबार एक कार्यक्रमबीच जेष्ठ नागरिकलाई सम्मान स्वरुप कम्वल वितरण गरिएको हो ।
आलिताल गााउपालिका अन्तर्गत वडा नं ३ को कार्यालयले २५ जना जेष्ठ नागरिकलाई न्यानो कम्मल वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताउँदै उहाँहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने बताए। विशिष्ट अथिति तथा गाँउपालिका उपाध्यक्ष मैना रावल सहित उपस्थित रहेको उक्त कार्यक्रममा वडा नं ३ का अध्यक्ष बल बहादुर बुढाले जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै उनले एक दिन मात्रै नभएर जेष्ठ नागरिकलाई सधैं सम्मान गर्नुपर्नेमा जोड दिए।
गााउपालिकाको अनुसार हरेक वर्ष जस्तै यस बर्ष पनि गााउपालिका भित्र रहेका सबै जेष्ठनागरिक लाई न्यानो कम्वल वितरण गरिनेछ ।

You might also like