डडेल्धुरा होटेल व्यवसायीको चौथो साधारण सभा सम्पन्न अध्यक्षमा दान बहादुर भण्डारी

९ पुष
डडेल्धुरा होटेल व्यवसायी संघको चौथो साधारण सभा आज डडेल्धुरामा सम्पन्न भएको छ । अमरगढी नगरपालिका ५ तुफानडाडा स्थित होटेल मेघा क्लासिकमा साधारण सभा सम्पन्न भएको हो ।
आज समपन्न साधारण सभाले होटेल व्यवसायी दान बहादुर भण्डारीको अध्यक्षतामा १६ सदश्यीय जिल्ला समिति गठन गरेको हो । जिल्ला समितिमा सुर्य प्रकाश खड्का उपाध्यक्ष चयन भएका छन भने होटेल सचिवमा दिपक महर, पर्यटन सचिव मा टेक बहादुर खड्का, कोषाधक्षमा हरिकृष्ण ठकुराठी त्यसै गरी सदश्यमा जयराज भट्ट, टेक बहादुर तमोली, भोज राज अवस्थि, राम बहादुर भण्डारी, रविन्द्र पनेरु, जित बहादुर रावत , राजेन्द्र पाण्डेय, मिन बहादुर थापा, दुर्गा धामी, भिम बहादुर रावल चयन भएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.