७ पुस
डडेल्धुरा सदरमुकाममा खेलकुदका लागी कवर्डहल निर्माण हुने भएकोछ । सुदुरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय डडेल्धुरा मार्फत उक्त कवर्डहल निर्माण गर्न लागिएको हो ।
अमरगढी नगरपालिका वडा नं.४ साविक कवर्डहल रहेको स्थानमा नै कवर्डहल निर्माण गरिन लागेको जिल्ला खेलकुद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर बहादुर भण्डारीले बताउनु भयो । सामाजिक विकास कार्यालय डडेल्धुराले कवर्डहल निर्माणका लागी टेन्डर आह्वान गरेको छ ।
२०४२ सालमा निर्माण भएको टुडिखेल स्थित कवर्डहल २०७५ असार ३१ मा जिर्ण भई भत्किए पछी डडेल्धुरा जिल्ला सदरमुकाम कवर्डहल विहिन बन्न पुगेको थियो । निर्माण हुन लागेको कवर्डहल लाई सेमी कवर्डहलको अवधारणामा निर्माण गर्न लागिएको हुदा एथलेटिक्स बाहेकका सबै ईन्डोर खेलहरु कवर्डहलमा संञ्चालन गर्न मिल्ने र जिल्ला खेलकुद विकास शाखा को कार्यालय पनि सोहि कवडहलमा व्यवस्थापन गर्ने योजना रहेको कार्यालय प्रमुख भण्डारी बताउनुभयो ।
विभिन्न कोण बाट खेलकुदका लागी उपयुक्त रहेको डडेल्धुरामा निर्माण हुन लागेको कवर्डहलले यस क्षेत्रको खेलाडीहरु लाई निकै सहयोग पुग्ने बताउदै डडेल्धुरा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बर बहादुर थापाले लामो समय पछि कवर्डहल निर्माण प्रकृया अगाडी बढ्नु भनेको ठुलो उपलब्धि भएको बताउदै करिव ३ बर्षमा निर्माण सम्पन्न हुने यो कवर्डहलमा खेलाडीहरुले नियमित रुपमा प्रशिक्षण तथा अभ्यास गर्न पाउने वताउनु भयो ।
You might also like