नेपाली कांग्रसका सांसद लाई बालुवाटार बोलाए देउवाले

२ पुस
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित कांग्रेसका प्रतिनिधि सभा सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

उनले बधाई दिनका लागि कांग्रेसका सांसदलाई बालुवाटार बोलाएका हुन् । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी चलिरहँदा देउवाले सांसदहरुलाई बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

कांंग्रेसले यही ३ पुसबाट संसदीय दलको नेता चुन्न प्रक्रिया सुरु गर्दैछ । देउवाले संसदीय दलको नेतामा दोहोरिन चाहेका छन् ।

देउवाले शनिबार दिउँसो ३ बजे सांसदहरुलाई बालुवाटार बोलाएका हुन् । कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ जना गरेर ८९ सांसद निर्वाचित भएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.