डडेल्धुरामा १५ दिने टायल मर्मत तालिम कार्यक्रम सम्पन्न

२९ मंसिर
डडेल्धुरामा एफसिए, एकिकृत विकास समाज डडेल्धुरा को सहयोग तथा घरेलु तथा साना उद्योग कार्यालय संगको सहकार्यमा आयोजना गरिएको १५ दिने टायल मर्मत तालिम कार्यक्रमको आज एक कार्यक्रम बिच समापन गरिएको छ ।
डडेल्धुरा र बैतडी जिल्लाका विभिन्न ३ पालिकामा संञ्चालन भईरहेको “सिमान्तकृत समुदायहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण” परियोजना अन्तर्गत आयोजना गरिएको १५ दिने टायल मर्मत कार्यक्रमको आज एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी एबं जिल्ला परियोजना सल्लाहकार समिति प्रमुख मोहन राज जोशी ले समापन गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय तथा राष्ट्रिय अनुसन्धान का प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय का कार्यालय प्रमुख केशव सिँ भण्डारी को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रमुख अतिथिको रुपमा उपस्थिती हुनुहुन्थ्यो ।
बढ्दो शहरीकरणको कारण यस क्षेत्रमा भौतिक निर्माणका कार्यहरु बढ्दै गईरहेको र आधुनिक भवनहरु निर्माण गर्ने क्रममा आवश्यक पर्ने टायल मर्मत गर्ने कामदार अभाव भएको अवस्थामा यस तालिम बाट उक्त अभाव घट्ने र केही हद सम्म भए पनि युवा हरु स्वरोजगार हुने कुरामा आफु ढुक्क भएको कुरा एकिकृत विकास समाज डडेल्धुराका अध्यक्ष कमला बिष्ट ले बताउनु भयो ।

You might also like