सडक छेउछाउका टहरा भत्काउन अमरगढीले दियो ३५ दिने सुचना

२५ मंसिर
डडेल्धुराको अमरगढी नगरपालिकाले महाकाली राजमार्गसहित आफ्नो क्षेत्रमा पर्ने सडकमा रहेका टहरा हटाउन सूचना जारी गरेको छ । ३५ दिने अल्टिमेटम दिँदै नगरपालिकाले सडक क्षेत्रमा रहेका खोका–टहरा हटाउन सूचना जारी गरेको हो ।

अमरगढी नगरपालिकाको वडा नम्बर १ तडिबटा गेटदेखि, स्याउले, बागबजार, तुफानडाँडा, किर्तिपुर, पोखरा, भालुमारेसंगै घटाल–आइत सडक, रातागुन–भजनेउटा र स्याउले –रडुवा सडक क्षेत्रमा रहेका टहरा हटाउन नगरपालिकाले आग्रह गरेको हो ।

सूचनामा ३५ दिनभित्र सडक क्षेत्रमा रहेका टहरा हटाउन आग्रह गरिएको छ भने नहटाए नगरपालिकाले भत्काउने पनि जनाइएको छ । सडक क्षेत्रमा रहेका टहराका कारण आवागमनमा असहज भएको नगरपालिकाको दाबी छ ।

You might also like