बैतडीमा जिप दुर्घटना हुदा डडेल्धुराका एक जनाको मृत्यु

२३ मंसिर
बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं.१० को डंसिली भन्ने ठाँउमा जिप दुर्घटना हुदा जिप चालकको मृत्यु भएको छ ।
डडेल्धुराको अनारखोली बाट ठुलिखाली भन्ने ठाँउ तिर जादै गरेको से१ज ८१६ नम्बरको जिप दुर्घटना हुदा डडेल्धुरा जिल्ला नवदुर्गा गाँउपालिका वडा नं.५ उकलीका ३६ बर्षिय तेज बहादुर साँउदको घटनास्थलमै मृत्यु भएको हो ।

जिपमा चालक मात्र रहेको जिल्ला प्रहरी कार्यालय बैतडी ले जनाएको छ ।जिप सडक सडक बाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.