सुदुरपश्चिम महोत्सव को उद्घाटन प्रधानमन्त्रि देउवा वाट हुदै

२२ मंसिर
सुदूरपश्चिम महोत्सवको तयार पूरा भएको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आज महोत्सवको उद्घाटन गर्ने उनले बताए।

प्रधानमन्त्री देउवा महोत्सव उद्घाटनका लागी आज ११ बजे काठमाडौंबाट आउने आयोजकले जनाएको छ। आयाजकका अनुसार अनुसार महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका नृत्य तथा झाँकीहरु प्रदर्शन गर्ने तयारी छ।

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन। उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषि उपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ।

कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना गरेको छ।

You might also like