समानुपातिक मतगणना जारी, नेकपा एमाले पहिलो

२० मंसिर
यहीँ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको गणना लभगभ अन्त्यतिर पुगेको छ। जसअनुसार मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत नघाएर पहिलो पार्टी बनेको छ। १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त गरेको हो, अर्थात २६.८६ प्रतिशत मत पाएको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ अर्थात २५.६५ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ९६ हजार ९० अर्थात ११.११ प्रतिशत मत प्राप्त गरेको छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ अर्थात १०.७३ प्रतिशत मत पाएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ अर्थात ५.६० प्रतिशत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ अर्थात ४.०२ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ अर्थात ३.७७ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ।

यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० अर्थात २.८८ प्रतिशत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ अर्थात २.५० प्रतिशत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० अर्थात १.६० प्रतिशत मत प्राप्त गरेका छन्।

अन्य दलले १ लाख भन्दा कम मत ल्याएका छन्। प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५, हजार ७९ समान १ सिट जितेको राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०४ पाएका आयोगले जनाएको छ।

समानुपातिकतर्फ स्याङ्जा क्षेत्र नम्बर २, बाजुरा र दोलखाका मत गणना जारी छन्। समानुपातिकतर्फ मतपरिणाम आइसकेपछि आयोगले दलहरूले पाउने सिट संख्या निर्धारण गर्छ।

दलहरूले बन्द सूची बुझाए अनुसार उम्मेदवारहरू सिफारिस गर्न आयोगले दलहरूलाई समय दिने तयारी पनि गरेको छ।

यसपालिको चुनावका लागि एक करोड ७९ लाख ८ हजार ८ सय ५० मतदाता थिए। करिब एक करोड ९ लाख ७३ हजार २७ मत खसेको बताइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.