डोटी पूर्वीचौकीका एक वडा अध्यक्ष मृत भेटिए

१५ मंसिर
डोटी जिल्ला पूर्वीचौकी गाउपालीका–६ का वडा अध्यक्ष पुष्पराज जोशीको मृत अवस्थामा भेटिएका छन् ।

कार्यपालिकाको बैठक सकेर घर फर्कने क्रममा बाटोमा उनी मृत फेला परेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए।

उनको हृदयाघातका कारण निधन भएको अस्पातलले पुष्टी गरेको गाउपालिका अध्यक्ष उपाध्यायले जानकारी दिए । उनको शव अहिले गाउँपालिकामा अन्तिम सँस्कारका लागि वडा कार्यालय गाजरीमा राखिएको उपाध्यायको भनाइ छ। त्यसपछि दाहसंस्कारका लागि उनको शव धनगढी लगिने छ।

६५ वर्षीय जोशी गत स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए।

You might also like