धनुषा ४ मा कांग्रेसका महेन्द्र यादव लाई पराजित गर्दै एमालेका रघुविर महासेठ विजयी

१३ मंसिर
भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई झिनो मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

महासेठ १२४ मतान्तरले विजयी भए । विजयी महासेठले ३२ हजार २३६ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाए । यादव र महासेठबीच सुरुवातदेखि नै कडा प्रतिस्पर्धा थियो । अन्तिममा भने महासेठले बाजी मारे ।

विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सह महामन्त्री हुन् । २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई हराउँदै संसदको यात्रा तय गरेका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.