कोलीको कार्यपालिका सदस्य खारेजका लागी बैतडी कांग्रेसले प्रक्रिया बढायो

११ मंसिर
बैतडीको पाटन नगरपालिकामा कार्यपालिका सदस्य तथा नेपाली कांग्रेसका नेता रमेश कोलीको पद खारेजका लागि निर्वाचन आयोगलाई अनुरोध गरिने भएको छ । नेपाली कांग्रेस बैतडीको आज बसेको बैठकले कोलीको कार्यापालिका सदस्यको पद खारेजका लागि निर्वाचन कार्यालय बैतडीमार्फत निर्वाचन आयोग समक्ष अनुरोध गर्ने निर्णय गरेको हो । कोलीले कांग्रेसबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा उभिएर आधिकारीक उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीले थप कारवाहीको प्रक्रिया अघि बढाएको हो ।

त्यसै गरी प्रतिनिधिसभा सदश्यका लागी बागी उम्मेदवारी दिएका केशव बहादुर चन्द र प्रदेशसभा सदश्यका लागी उम्ेदवारी दिएका हरिमोहन भण्डारी र उनका पक्षमा उभिएका पाटन नगरपालिकाका सभापति मान हादुर ऐर लगायतलाई गरिएको कारवाहीलाई आजको बैठकमा अनुमोदन गरेको हो ।

नेपाली कांग्रेस र गठबन्धनका साझा उम्मेदवारहरुलाई अमुल्य मतदान गर्ने मतदाताहरुलाई आजको बैठकबाट धन्यवाद समेत ज्ञापन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए ।

You might also like