११ मंसिर
भर्खर सम्पन्न निर्वाचनको मतपरिणम अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २३ लाख मत कटाएको छ। आइतबार बिहान ९ बजेसम्मको मतगणना अनुसार एमालेले २३ लाख ८९६ मत ल्याउँदै अग्रस्थानमा रहेको छ। त्यस पश्चात क्रमशः कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले मत पाएका छन्। हालसम्म ८३ लाख ६३ हजार ६८३ मत गणना भएको छ।
नेपाली कांग्रेस २२ लाख १ हजार ७९४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९ लाख ६५ हजार ३४५, राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख २१ हजार ७६०, राष्ट्रिय प्रजातन्त्र पार्टी ४ लाख ८६ हजार २९७, जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७ मत पाएका छन्।
जनमत पार्टी २ लाख २१ हजार ४२७ मत ल्याएको छ। यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी० जनमत भन्दा पछाडि रहेको छ। एकिकृत समाजवादीले २ लाख २० हजार ५२८, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार ७७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख १९ हजार ४९३ मत ल्याएका छन्।
देशभर समानुपातिकतर्फको मत गणना जारी रहेको छ।