प्रतिनिधिसभा सदश्य निर्वाचन: न्युन महिला निर्वाचित

१० मंसिर
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यसपटक न्यून संख्यामा महिलाहरु निर्वाचित भएका छन्। प्रतिनिधिसभाको १ सय ६५ मध्ये १ सय ३० सिटको परिणाम घोषणा हुँदा ७ जना मात्रै महिला निर्वाचित भएका छन्। ठुला र पुराना भनिएका दलबाट पनि निर्वाचित हुने महिलाको संख्या न्यून छ।

नेपाली कांग्रेसबाट एकजना पनि महिला निर्वाचित भएका छैनन्। सबैभन्दा धेरै एमालेबाट तीन जना महिलाले जित निकाले। एमालेबाट जुलिकुमारी महतो, विद्या भट्टराई र ज्वालाकुमारी साहले चुनाव जितेका हुन्। माओवादीबाट निर्वाचित हुनेमा एक जना महिला मात्रै छिन्। माओवादीबाट रेखा शर्मामात्रै निर्वाचित भइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने दुई महिलाले जित निकाले। सोविता गौतम र डा.तोसिमा कार्की स्वतन्त्र पार्टीबाट निर्वाचित हुने महिला हुन्। र, उनीहरू दुवै प्रतिनिधि सभा संसदमा देखिने नयाँ अनुहार हुन । रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीबाट एक महिला निर्वाचित भएका छन् ।

You might also like