१० मंसिर
चितवन क्षेत्र नम्बर २ मा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कार्यकाल भरी कुनै पनि सम्मान , पुरुस्कार र उपहार ग्रहण नगर्ने बताएका छन् । आफ्नो चुनावी खर्च सार्वजनिक गरेका उनले सामाजिक संञ्जाल मार्फत उक्त कुरा बताएका छन् । उनले पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाबबाहेक चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रूपैयाँ देखिएको जनाएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत आफ्नो कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको बताएका हुन् । रविले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए ।