
१० मंसिर
बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ५ स्थित नन्देश्वरी मावि मतदान केन्द्रमा शनिबार बिहान सात बजेबाट मतदान सुरु भएको छ।
गत मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडपपछि मतदान स्थगित गरीएको थियो।
निर्वाचन आयोज बाट खटिएका प्रतिनिधि तथा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा स्थगित गरिएको निर्वाचन आयोगले पुनः मंसिर १० गते निर्वाचन गर्न सूचना जारी गरिएको थियो।
आज बिहान सात बजेबाट सुरु भएको मतदान केन्द्रमा मतदाताको उल्लेखनीय उपस्थिति रहेको सहयाक प्रहरी निरिक्षक इश्वर नायकले बताए।
मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा परिएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना गरी ५ सय बढी सुरक्षाकर्मीको सुरक्षाका बीच मतदान भइरहको छ।
