एमालेका गोकुल बास्कोटा काभ्रे–२ बाट झन्डै ६ हजार मतान्तरले विजयी

९ मंसिर
काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएका छन् ।

निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य शिव हुमागाइँलाई ५ हजार ८ सय ६३ मतले पराजित गर्दै बास्कोटाले जित हासिल गरेका हुन् ।

बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी हुमागाइँले ३९ हजार ४ सय ८२ मत प्राप्त गरे ।

बास्कोटा २०७४ को निर्वाचनमा यहि क्षेत्रबाट नेपाली कांग्रेसका मधु आचार्यलाई १८ हजार ७ सय ५३ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

You might also like