९ मंसिर
भर्खर सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदश्य निर्वाचनका लागी कैलाली को चर्चित निर्वाचन क्षेत्र मानिने क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् ।
पुर्व प्रतिनिधिसभा सदश्य नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा सदश्यमा विजयी भएका पन्तले २१ हजार ३९२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी एमालेका रानाले २० हजार ३१८ मत पाएका छन् । मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले अन्तिम समयमा पछि पारेका थिए ।
यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो तर उनी समानुपातिकमा बसेपछि पन्तले टिकट पाएका हुन् ।
कैलाली ५ मा कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ८३४९ मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७४६० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इश्वरी विष्ट पार्टीले ३४०४ मत ल्याइन् ।
काग्रेस नेतृ डा. आरजु राणा देउवा यस अघि २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा सदश्यको निर्वाचनमा एमालेका नारदमुनी राना संग पराजित भएका थिए ।