डडेल्धुरामा प्रदेशसभाको मतगणना सुरु प्रदेश “क” मा एमाले लाई सुरुवाती अग्रता

७ मंसिर
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदश्य तथा प्रदेशसभा सदश्य का लागी सम्पन्न भएको निर्वाचन मा प्रतिनिधसभा सदश्यको मतगणना सम्पन्न भए संगै प्रदेशसभाको मतगण्ना सुरु भएको छ । डडेल्धुरा प्रदेशसभा–१ मा एमालेले सुरुवाती अग्रता लिएको छ। ७०६ मत गन्दा नेकपा एमालेका पठानसिंह बोहराले ३४२ मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का खगराज भट्टले २७४ मत ल्याएका छन्।

राप्रपाका पदमराज जोशीले ३०, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले २४ र धनबहादुर बोहराले ६ मत पाएका छन्। ३० मत बदर भएका छन्। आलिताल गाउँपालिकाको मत गणना भइरहेको छ भने गणना गरिएको ७०६ मत आलिताल गाँउपालिका वडा नं.१ को भएको जनाईएको छ ।

You might also like