रविन्द्र लाई पराजित गर्दै प्रकास मान सिँह विजयी

६ मंसिर
काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । सिँहले रास्ट्रिय प्रजातन्त्र पार्टिका रविन्द्र मिश्र लाई पराजित गर्दै विजयी भएका हुन । सिंहले ७ हजार १४३ मत प्राप्त गरेका छन् । उहाँका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरेका छन् ।

मिश्रको भन्दा १२५ मत बढी ल्याएर सिंह विजयी भएका हुन। काठमाण्डौ १ बाट प्रतिनिधिसभा सदस्यको लागि ११ जना स्वतन्त्रसहित ३२ जना उम्मेदवार थिए ।

२०७४ मा सम्पन्न भएको को प्रतिनिधि सभा चुनावमा पनि रविन्द्र मिश्रको भन्दा ८१९ मत बढी ल्याएर सिंह निर्वाचित हुनुभएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.