चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीरको सवारी दुर्घटनामा निधन

६ मंसिर
चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता एवं वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माको निधन भएको छ।

गृहजिल्ला चितवनमा विश्वकर्मा सवार माइक्रो बस बिग्रेर रोकिराखेको गाडीमा ठोक्किँदा उनको निधन भएको हो।

चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट माइक्रोमा काठमाडौं फर्किंदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान दुर्घटना भएको थियो। सुन्दरवस्तीबाट नारायणघाटतर्फ आउँदै गरेको उनी सवार बा ४ ख ४१२ नम्बरको माइक्रो रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको हो। दुर्घटनामा अन्य ४ जना घाइते भएको बताइएको छ।

You might also like