
६ मंसिर
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। उनले स्वतन्त्र उम्मेदवार सागर ढकालसँग झण्डै दोब्बर मतान्तर बनाएका हुन्।
पछिल्लो नतिजा अनुसार प्रधानमन्त्री देउवाको ६८८० मत छ। स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको ३६६६ मत छ। देउवालाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले १९३२ मत पाएका छन्।
यसै गरी रा.प्र.पाका गोविन्द खडायतले ३१०, स्वतन्त्र उम्मेदवार कर्ण सिंह रावलले १३५ , स्वतन्त्रका विक्रम बहादुर शाहीले ९१, स्वतन्त्र बाट उम्मेदवार लाल बहादुर कठायतले २३ मत प्राप्त गरेका छन् ।
जिल्लामा अहिले सम्म गणना भएको मतमा प्रतिनिधि सभा सदस्यको ८३७ मत बदर भएको छ।