५ मंसिर
आज विहान बैतडीमा प्रहरी बोकेको जिप सोमबार बिहान दुर्घटना हुदा ६ जनाको धटना स्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ को थुम नजिक निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन ।
जिल्ला सदरमुकाम गोठालापानीमा मतपेटिका पुर्याएर हतियार बरबुझारथ गर्न पाटन तर्फ फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । घाइते हुनेहरुमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि पाटन स्थित प्राथमिक स्वास्थ्य केन्द्र तर्फ पठाइएको छ । जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ ।
नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धारकार्यमा जुटिरहेका छन् भने घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
You might also like