सागर ढकाल निराहार ब्रत बस्दै

२ मंसिर
डडेल्धुरा बाट प्रतिनिधिसभा सदश्य पदका लागी स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल आज देखी तीन दिन निराहार व्रत बस्ने घोषणा गरेका छन्। बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका‌ जनताका नाममा तिन दिन निराहार व्रत बस्ने घोषणा गरेका हुन्।

सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन्। डडेल्धुराका जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रह समेत उनले गरेका छन्।

गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन्। यहाँ देउवा, सागर र नेपाली काँग्रेस (विपी) का कर्ण मल्ल , राष्ट्रिय प्रजातन्त्र पार्टिका गोविन्द खडायत, र स्वतन्त्र विक्रम शाही, अर्का स्वतन्त्र कर्ण बहादुर रावल लगायत आठ जना बीच प्रतिस्पर्धा हुदैछ।

You might also like