१ मंसिर
आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतिनिधीसभा तथा प्रदेशसभा सदश्य का लागी निर्वाचन हुन तीन दिन मात्रै बाँकी रहदा मतदान सामाग्री सहित डडेल्धुराका कर्मचारीहरु मतदान केन्द्र तर्फ लागेका छन ।
मुख्य निर्वाचनको कार्यालयबाट मतदान सामाग्री सहित कर्मचारीहरु बिहिबार मतदान केन्द्र तर्फ लागेका हुन । मंसिर १ गते अपरान्ह ४ बजे सम्म मतदान केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत लगायत कर्मचारीहरु पुगिसक्ने गरि योजना बनाए अनुसार कर्मचारीहरु मतदान सामाग्री सहित मतदान केन्द्र तर्फ लागे छन ।
डडेल्धुरामा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल रहेका छन । चुनाव गराउन एक हजार १०५ जना कर्मचारी खटाईएका छन । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धन र म्यादी प्रहरी गरि दुई हजारको हाराहारीमा सुरक्षाकर्मी खटाईएका छन ।