डा. तारा प्रसाद जोशी लाई मतदाता ले गरे आर्थिक सहयोग

३० कार्तिक
आसन्न प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनको क्रममा प्रचारप्रसार मा गएका प्रदेशसभा “ख” का स्वतन्त्र उम्मेदवार डा. तारा प्रसाद जोशी लाई अमरगढी ६ छचोडाका मदताता ले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

निर्वाचनमा यहाँका स्थानीयलाई भोट बिक्रि गर्ने गरेको आरोप लाग्दै आएको छ। त्यो आरोप चिर्न यसपटक यहाँका स्थानीयले निर्वाचनमा होमिएका डा.तारा जोशी लाई आर्थिक सहयोग गरेका छन्।

बुधबार छचोडा गाउँ पुगेका डडेल्धुरा प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीलाई उनीहरूले एक लाख ३९ हजार आर्थिक संकलन गरेर दिएका हुन्। उनीहरूले गाउँमा पुगेका जोशीलाई आर्थिक सहयोगका साथै फूलमालाले स्वागत समेत गरेका थिए ।

छचोडा बासीले निर्वाचनको समयमा भोट बिक्रि गर्छन् भन्ने आरोप लाग्दै आएकोले त्यसलाई चिर्न आफूहरूले आर्थिक सहयोग गरेको स्थानीय धर्म ताम्राकारले बताए।

उनले भोट बिक्रि हुन्छ भन्ने ट्याग कहिले नलागोस् भनेर आर्थिक सहयोग गरेको बताए। गरिव परिवारका जोशी उम्मेदवार बनेकोले उनलाई आर्थिक भार नपरोस् भनेर पैसा संकलन गरेको अर्को स्थानीय दिपेन्द्र ताम्राकारले बताए।

जोशीसँगै नेपाली काँग्रेस विपीका कार्यकर्ता पनि छचोडा पुगेका थिए। डडेल्धुरामा नेपाली काँग्रेस विपी र स्वतन्त्र उम्मेदवार जोशीले तालमेल गरेका छन्।

नेपाली कांग्रेस विपिका तर्फ बाट प्रतिनिधिसभा सदश्य पदका उम्मेदवार कर्ण बहादुर मल्ल र प्रदेश ख का सदश्य पदका लागी सवतन्त्र उम्मेदवार डा.तारा प्रसाद जोशी ले बैँक खाता खोली सहयोगका लागी अनुरोध गरेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.