नेपाल बैँक लिमिटेड आज बाट ८६औँ बर्षमा

३० कार्तिक
नेपालको पहिलो बैँकको रुपमा स्थापना भएको नेपाल बैँक लिमिटेड आज बाट ८६ औँ बर्षमा प्रवेस गरेको छ । वि.सं.१९९४ मा स्थापना भएको नेपालको क वर्गको ईजाजत प्राप्त बैँकको रुपमा देशभर २३२ शाखा वाट आफनो सेवा प्रवाह गरिरहेकोछ । नेपाल सरकार र निजि लगानीकर्ताहरुको संयुक्त लगानी रहेको यो बैँक को मुख्य कार्यालय धर्मपथ, काठमाण्डौमा रहेको छ ।

८६ औँ बर्षमा प्रवेश गरेको उपलक्षमा नेपाल बैँक लिमिटेडका देशभरका शाखाहरुमा बर्षगाँठ कार्यक्रमको आयोजना गरिएको छ ।

You might also like