३० कार्तिक
डडेल्धुरा अमरगढी नगरपालिका वडा नं.१ का जगत सिँह विष्टको थप उपचारका लागी उपचार खर्च जुटाउन आर्थिक संकलन अभियान अन्तर्गत संकलन भएको रु ८५०००। आज हस्तान्तरण गरिएको छ । आज विहान घाईते जगत विष्टका दाई देव बहादुर विष्ट लाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
अमरगढी नगरपालिका वडा नं १ स्थित श्री लटेश्वर आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका विष्ट यहि कार्तिक २३ गते आफनै खेत जोत्ने क्रममा हाते ट्रयाक्टर दुर्घटना भई घाईते भएका थिए । उनको आर्थिक अवस्था कमजोर रहेकोले उनको थप उपचारका लागी आर्थिक सहयोग संकलन का लागी अभियान सुरु गरिएको थियो ।
ट्रयाक्टर जोत्ने क्रममा घाईते भएका विष्ट लाई उपचारको लागी डडेल्धुरा अस्पताल हुदै कैलाली स्थित मायामेट्रो अस्पतालमा लगिएको थियो भने मायामेट्रो अस्पतालमा पनि उपचार सम्भव नभए पछि थप उपचारको लागी काठमाण्डौ लगिएको थियो ।
थप उपचारका लागी काठमाण्डौ लगिएको तथा उपचारमा थुप्रै खर्च हुने देखिएको पश्चात अमरगढी नगरपालिका स्वतन्त्र युवा संञ्जालका सुरत तमोली ले आर्थिक संकलन अभियान सुरु गरेका थिए । उनको आर्थिक सहयोग संकलन अभियान मा स्थानिय तथा सामाजिक संञ्जालमा जोडिएका साथीहरु बाट सहयोग जुटेको तथा डडेल्धुराका युवा समाजसेवी विनय प्रकास मल्लले जापान बाट १००००। पठाउनु भएकोमा सहयोग गर्ने सबैलाई धन्यवाद भन्दै फेरी पनि सहयोगको लागी अनुरोध गरेका छन् ।
घाईते बिष्टको थप उपचारको लागी सुरत तमोलीको शिद्धार्थ बैँक डडेल्धुरामा रहेको खाता नं. ०३११७८४९४१० मा जति सकिन्छ त्यती जमा गर्न सकिने युवा समाजसेवी सुरत तमोलीले सामाजिक संञ्जाल मार्फत अनुरोध गरेका छन् ।