मंसिर १ गते बाट मौन अवधि

२९ कार्तिक
निर्वाचन आयोगले मंसिर १ गते देखी मौन अवधि सुरु हुने जनाएको छ । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घन्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ। आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घन्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्तालाई यसबारे पुनः सचेत गराएको हो।

मंगलबार निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घन्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए। उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको, तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताए।
उनले मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण काम निषेध हुने बताए। उनले कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिए ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदै छ। आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेकोसमेत बताएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.