२९ कार्तिक
मंसिर ४ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधिसभा सदश्य तथा प्रदेशसभा सदश्यको निर्वाचन लाई लक्षित गरि नेपाल सरकार गृह मन्त्रालय द्धारा सार्वजनिक विदा दिने जानकारी गराएको छ ।
गृहमन्त्रालय का प्रवक्ता फणिन्द्रमणी पोख्रेल द्धारा हस्ताक्षरित सुचना अनुसार मतदान केन्द्र तोकिएको बिद्यालय तथा शिक्षण संस्थाहरमा २०७९ मंसिर २ गते देखी मंसिर ५ गते सम्म तथा अन्य सरकारी तथा सार्वजनिक निकायहरुमा २०७९ मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने नेपाल सरकारको निर्णय भएको जानकारी गराईएको छ ।