२९ कार्तिक
बैतडीको पञ्चेश्वर गाँउपालिकाले आज गाँउपालिका भरि सार्वजनिक विदा दिएको छ । पञ्चेश्वर गााउपालिका वडा नं.४ स्थित आमचौरा को प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि आज २९ गतेका लागी गाँउपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाले हिजो एक सूचना जारी गरी मंगलवार बिदाको दिन गाउँपालिका भित्रका सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थामा बिदा दिइएको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज जोशीले बताएका छन् ।
आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा भव्य जात्रा लाग्ने गर्दछ । सोमबार राती रतेडी मेला लागेको र आज दिउसेडी मेला लाग्ने बताइएको छ । प्रसिद्ध कैलपाल धुराको मेला भर्न डडेल्धुरा र बैतडी बाट भक्तजन हरु आउने गर्दछन भने छिमेकी भारतको कुमाउ क्षेत्रका श्रद्धालु भक्तजनहरु पनि मेला भर्न आउने गर्दछन ।