कञ्चनपुर संग जोडिएका सम्पुर्ण सिमा नाका बन्द हुने

२९ कार्तिक

आसन्न निर्वाचन लाई लक्षित गरि भारत संग जोडिएका कञ्चनपुरका सम्पुर्ण नाका बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ले एक सुचना प्रकासन गरि यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा सदश्य एबं प्रदेशसभा सदश्य निर्वाचन २०७९ लाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारत संग जोडिएका कञ्चनपुरका सम्पूर्ण नाकाहरु बन्द हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल द्धारा हस्ताक्षर गरिएको सुचनामा यहि मंसिर १ गते राति १२ वजे देखी मंसिर ४ गते राति १२ बजे सम्म सिमा नाका बन्द हुने जनाईएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.