अवैध लागूऔषध सहित पक्राउ

२५ कार्तिक
कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका.४ बुटाबारीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने
पदार्थ ३ ग्राम २१ मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्बी नगरपालिका ८ सिलाखेती बस्ने २३ वर्षीय उमेशधामी र सोही ठाउँ बस्ने १९ वर्षीय महेश धामी रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१.००९ प ६५०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक उमेश र मोटरसाइकलमा सवार महेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like