अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ

फाईल फोटो

२४ कार्तिक
सुदुरपश्चिमका विभिन्न स्थान बाट लागु औषध सहित दुई जना पक्राउ परेका छन । कैलालीको
भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो
देखिने धुलो पदार्थ २ ग्राम सहित जोशीपुर गाउँपालिका २ बडरिया बस्ने २३ वर्षीय रोहन
मिश्रलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट
खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने उक्त पदार्थ सहित फेला पारी पक्राउ
गरेको हो ।
यसै गरी बझाङ जिल्ला जयपृथ्वी नगरपालिका ७ सुबेडा घर भई सोही नगरपालिका ९ सिमखेत
बसपार्कमा जगदम्बा होटल गरी बस्ने ५४ वर्षीया जगु गिरीलाई अवैध लागूऔषध चरेश
जस्तो देखिने पदार्थ ४ सय ६० ग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले
लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट
खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

You might also like