१७ कार्तिक
नेकपा एमाले प्रदेश २ ले आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदश्यमा स्वतन्त्र उम्मेदवारी दिएका विक्रम बहादुर शाही लाई सहयोग गर्ने जनाएको छ ।
आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका विक्रम बहादुर शाहि लाई प्रतिनिधि सभा सदश्यमा सहयोग गर्ने प्रदेशसभा क्षेत्र नं. २ समन्वय कमिटीले आज एक प्रेश वित्तप्ती निकाली सो कुरा जनाएको हो ।
प्रदेशसभा क्षेत्र नं. २ समन्वय कमिटीका अध्यक्ष प्रेम बहादुर बोहरा र सचिव शिव राम ताम्राकार द्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती मा आफनो पार्टिको उम्मेदवार नरहेको सन्दर्भमा आफ्नो पार्टि तथा राष्ट्र माथी भईरहेको घेराबन्दि तोड्न डडेल्धुरा को नेतृत्व गर्न सक्ने दृढसंकल्पीत , निडर तथा नेकपा एमालेका पुर्व नेता बिक्रम बहादुर शाही लाई सहयोग गर्ने बताईएको छ ।
साथै प्रदेश १ बाट उम्मेदवारी दिनु भएका पठान सिं बोहरा र प्रदेश २ बाट उम्मेदवारी दिनु भएका गजेन्द्र बहादुर शाही लाई सुर्य चिन्ह र प्रतिनिधि सभामा स्वतन्त्र बाट उम्मेदवार दिनु भएका विक्रम बहादुर शाहि लाई पुतली चिन्हमा मतदान गर्न अनुरोध गरिएको छ ।